सिन्धुलीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पछाडि सवार घाइते

सिन्धुलीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, पछाडि सवार घाइते

काठमाडौं : वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–१ बलुवामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २-०२-००१ च-०४८७ नम्बरको पिकअप बोलेरोले बिहीबार साँझ पौने ६ बजे सिन्धुलीबाट काठमाडौं आउँदै गरेको प्रदेश२-०३-००६प -३७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार अन्दाजी ३०र३५ वर्षीय दुई पुरुष गम्भीर घाइते भएका थिए।

उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएकोमा मोटरसाइकल चालक सर्लाहीको चक्रघण्टा गाउँपालिका-२ बस्ने ३५ वर्षीय गणेश रायको उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
कार्यालयका अनुसार मोटरसाइकलको पछाडी सवार सर्लाहीको चक्रघण्टा गाउँपालिका-५ बस्ने ३३ वर्षीय धिरेन्द्र ठाकुर घाइते भएका छन्। बेहोस अवस्थामा रहेका उनको होस आएको छ।
मोटरसाइकल, पिकअप गाडी र त्यसका चालक महोतरीको बर्दिबास नगरपालिका-२ का २२ वर्षीय आर्यन भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

साउन २४, २०८१ शुक्रबार ०८:५५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।