बिम्सटेक चेम्बर अफ कमर्श गठन हुने, एफएनसीसीआई संस्थापक सदस्य रहने

बिम्सटेक चेम्बर अफ कमर्श गठन हुने, एफएनसीसीआई संस्थापक सदस्य रहने

काठमाडौं : बिम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ।

बिम्सटेक बिजनेस समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र विमस्टेकका महासचिव इन्द्रमणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने छ।

आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन लागेकोमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले खुसी व्यक्त गरे। बैठकमा सहभागी अध्यक्ष ढकालले चेम्बर विधान बनाई तत्काल कार्यान्वयन गर्न आह्वान गरे।

विम्सटेक राष्ट्र चेम्बरका प्रतिनिधिहरुको बुधबार बसेको बैठकमा उक्त निर्णय गरिएको थियो। बिमस्टेक चेम्बरको स्थापना भएपछि यसले बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताको गठन र कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको छ।

बैठकमा भएको वार्ताअनुसार भारतीय उद्योग परिसंघले बिमस्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ।

चेम्बरको अध्यक्षता वर्णानुक्रम पालैपालो गर्ने सहमती भएको छ। सो बैठकमा अध्यक्ष ढकाल सहित महासंघका पूर्व अध्यक्ष भवानी राना र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ पनि सहभागी थिए।

साउन २४, २०८१ शुक्रबार ०८:३८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।