कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी, केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी, केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ।

बुधबारबाट सुरु भएको बैठक आज पनि विहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय सदस्यहरूले ११ वटा विभिन्न प्रस्तावित विषयहरूमा धारणा राखेका छन्। बुधबार उपसभापति पूर्णबहादुर खड्कासहित महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विभिन्न एजेन्डा प्रस्तुत गरेका थिए।

यस्तै गृहमन्त्री रमेश लेखक राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा समितिलाई जानकारी दिएका थिए भने परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेश, बेलायत, इजरायल र लेबनानमा पछिल्लो समय विकसित घटनाक्रमका साथै त्यहाँ रहेका नेपालीहरुसँग नियमित सम्पर्क गरिरहेको जानकारी गराएकी थिइन्।

त्यसबाहेक बुधबार १० जना केन्द्रीय सदस्य र बिहीबार प्रदेश सभापतिहरूसहित २४ जनाले प्रस्तावित ११ विषयप्रति आफ्ना धारणा राखेका थिए।

साउन २४, २०८१ शुक्रबार ०७:३२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।