मोहम्मद युनुसले लिए बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखको शपथ

मोहम्मद युनुसले लिए बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखको शपथ

काठमाडौँ : मोहम्मद युनुसले बङ्गलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन्। बिहीबार बेलुका विशेष समारोहमा उनले बङ्गलादेशका राष्ट्रपतिबाट अन्तरिम सरकारको प्रमुखको शपथ लिएका हुन्।

आरक्षणको विरोधमा सुरु भएको आन्दोलन चर्किएपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारत भागेपछि आन्दोलनरत विद्यार्थी नेताहरूले नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न माग गरेका थिए।

उनी अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्द राजी भएपछि उनी विरुद्ध अदालतले तोकेको सजाय खारेज भएसँगै उनी स्वदेश फर्किएका थिए।

उनी स्वदेश फर्किए लगत्तै बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायमाथि भएको आक्रमण रोक्न आग्रह गरेका थिए। शेख हसिनाले विभिन्न आरोप लगाएर जेल हाल्ने षड्यन्त्र गरेपछि उनी देश छाडेर बाहिरिएका थिए।

साउन २३, २०८१ बिहीबार २१:१७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।