जटिल प्रकारका रोगीलाई एक लाख रूपैयाँले पुग्दैन, यसलाई बढाउँछौं : मन्त्री पौडेल

जटिल प्रकारका रोगीलाई एक लाख रूपैयाँले पुग्दैन, यसलाई बढाउँछौं : मन्त्री पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने बताएका छन्। 

बिहीबार राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनले जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रूपैयाँसम्मको सुविधाले नपुग्ने बताए।

उनले भने, ‘दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने छ। जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रूपैयाँसम्मको सुविधाले पुग्दैन, यसलाई पनि बढाउनु आवश्यक छ।’

उनले सञ्चालनमा नआएका स्वास्थ्य संस्था छिटो भन्दा छिटो संचालनमा ल्याउन लागेको बताए।  

सेवा सुविधा प्रदान गरिरहेका र प्रभावकारी हुन नसकेका अस्पतालहरूमा प्रभावकारी बनाउनको लागि जनशक्ति थप गरिने उनको भनाइ छ। 

साउन २४, २०८१ बिहीबार २०:३८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।