दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता
काठमाडौं : एशियाली फुटबल महासंघले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति दिएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको छ।
विभिन्न प्रश्न उठाउँदै एफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो। त्यसपछि गत चैत महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो।
यसैबीच एएफसीका प्रतिनिधिले यही साउन ९ मा दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गरि मापदण्ड पुरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ।
दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै यही साउन २९ मा एएफसी च्याजेन्ज लिग छनौटको प्लेअप अन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्चब्वाईज युनाईटेडबीच खेल हुने भएको छ।
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैतमा प्रतिवेदन दिएपछि नेपालमा नै २०८० चैत ८ मा आयोजना हुनुपर्ने वर्ल्डकप फुटबल अन्तर्गत दोस्रो चरणको नेपाल र बहराइनबीचको क्वाईलिफाईङ खेल बहराइनमा भएको थियो भने जेठ २४ मा युएईसँगको खेल साउदीमा भएको थियो।
साउन २४, २०८१ बिहीबार २०:०८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।