प्रक्रिया पूरा गरेपछि इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध

प्रक्रिया पूरा गरेपछि इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध

काठमाडौं : भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले सोही नाम गुगल प्ले स्टोरमा अपडेट गरेको छ। नयाँ नाम अपडेट गर्ने क्रममा इसेवा छोटो समयका लागि गुगल प्ले स्टोरमा उपलब्ध नभएको जनाएको छ।

अहिले सबै काम सकिएपछि एप फेरि प्लेस्टोरमा उपलब्ध भइसकेको कम्पनीले बताएको छ।

 गत वैशाख २८ मा नै इसेवा प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनी बनेको लिमिटेड बनेको जनाइएको छ।

इसेवा स्थापना भएको बेला गुगल डेभलपर अकाउन्ट बनाउँदा कम्पनी प्रालि थियो। कम्पनी लिमिटेडमा रूपान्तरण भएपछि इसेवाको बिजनेस भेरिफिकेसन गर्न समय लागेको कम्पनीले जनाएको छ।

गुगलले बिजनेस तथा संस्था भेरिफाइ गर्न डुन्स (डीयूएनएस) नम्बर प्रयोग गर्छ। यो डुन एन्ड ब्राडस्ट्रिट नामक अमेरिकन कम्पनीले उपलब्ध गराउँछ।

नाम परिवर्तन प्रक्रिया भइरहँदा गुगलको सिस्टममा भएको र डुन्स नम्बरमा भएको विवरण भिन्न देखिएकोले गुगलले प्ले स्टोरमा अस्थाई समयको लागि उपलब्ध नगराएको इसेवाले जनाएको छ।

अहिले सो प्रक्रिया पूरा भइसकेकोले इसेवा पुनः प्ले स्टोरमा उपलब्ध भइसेकेको कम्पनीले जनाएको छ।  

साउन २३, २०८१ बिहीबार १८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।