रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा, वैचारिक विषयमा छलफल हुँदै

रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा, वैचारिक विषयमा छलफल हुँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा राखिएको छ। पार्टीको वैचारिक, राजनीतिक र सांगठनिक पक्षको छलफललाई रास्वपाले प्रदेश तहमा पनि विस्तार गरेको छ। 

गत साता केन्द्रीय तहका नेताहरूका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि ‘क्लोज क्याम्प’ गर्ने निर्णय गरेको थियो। 

सोही अनुसार रास्वपाको बागमती प्रदेश समितिले आज र भोलि भक्तपुरमा ‘क्लोज क्याम्प’ राखेको हो। 

क्याम्पमा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उप-संयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्यसहित २ सय  ५० जना सहभागी छन्। 

‘क्लोज क्याम्प’मा केन्द्रमा विचार, संगठन, अभियान, मूल्य–मान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लब/लिडरसिप एकेडेमी गरी ६ वटा विषयमा समूहगत छलफल भइरहेको छ।

भोलि आउने समूहगत छलफलको निष्कर्षलाई एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने रास्वपा बागमती प्रदेश समितिका सभापति डा.अच्युत लामिछानेले जानकारी दिए। 

बागमती प्रदेशस्तरीय ‘क्लोज क्याम्प’को सहजीकरण केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय  सदस्यहरू शिशिर खनाल, सोविता गौतम, पुकार बम र केन्द्रीय विभागका कृष्णमान श्रेष्ठलगायतले गरिरहेका छन्।

रास्वपाले प्रत्येक प्रदेशको क्लोज क्याम्पको सहजीकरणका लागि केन्द्रीय नेताहरु खटाएको छ।

साउन २३, २०८१ बिहीबार १६:४३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।