मन्त्रिपरिषद्मा प्रदीपको वरीयता घट्यो, पाण्डेको बढ्यो

काठमाडौं : मन्त्रिपरिषद्मा वरीयता हेरफेर भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मावरीयता हेरफेर गरे।
उपप्रधानमन्त्री र अन्य मन्त्रीहरूको स्थान यथावत् रहेपनि कांग्रेसबाट बनेका दुई मन्त्रीको वरीयता भने हेरफेर भएको छ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल १६ औं स्थानमा पुगेका छन्।
कांग्रेस केन्द्रीय सदस्य रहेका उनी यसअघि मन्त्रिपरिषद्को १४ औं वरीयताक्रममा थिए ।
यता, कांग्रेस सहमहामन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको १४ औं स्थानमा बढुवा भएको छ।
साउन २४, २०८१ बिहीबार १६:३२:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।