ठुलो मात्रामा विदेशी रकम बोकेर बैंकक हिँडेका तीन जना विमानस्थलमा पक्राउ

ठुलो मात्रामा विदेशी रकम बोकेर बैंकक हिँडेका तीन जना विमानस्थलमा पक्राउ

काठमाडौँ : थाई एयरवेजको उडानबाट बैंकक जान त्रिभुवन विमानस्थल पुगेका तीन जना ठुलो मात्रामा विदेशी मुद्रासहित पक्राउ परेका छन्।

विमानस्थलको प्रहरीले उनीहरूलाई युरो, क्यानेडियन डलर, अस्ट्रेलियन डलर साउदी रियाल लगायतका विदेशी मुद्रासहित पक्राउ गरेको हो।

पक्राउ परेकाहरूले ठुलो मात्रामा विदेशी मुद्रा बोकेर किन बैंकक हिँडेका थिए खुलेको छैन। हुन्डी तथा सुन तस्करी लगायतका अवैध गतिविधिको रकम लुकाएर लैजान लागेको प्रहरीको शङ्का छ।

पक्राउ परेका ४६ वर्षीय महेशमान महर्जनको साथबाट १६ हजार ५ सय ५० युरो, १० हजार ९ सय क्यानेडियन डलर फैला परेको प्रहरीले जानकारी दिएको छ।

टोखाका ४९ वर्षीय मानव आचार्यको साथबाट ८ हजार ९ सय ५० युरो, ३ हजार ६ सय ६० थाई भाट फेला परेको छ।

काठमाडौँ महानगरपालिका–१४ का ३० वर्षीय दीपेश भुसालको साथबाट १३ हजार ४ सय युरो, २ हजार ४ सय स्विस फ्रान्क, ४ हजार ५ सय क्यानेडियन डलर, १८ हजार साउदी रियाल, २ हजार थाई भाट र ४ लाख ९० हजार जापनिज येन फेला परेको छ।

विदेशी मुद्रासहित पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहर भवन बुझाएको छ।

साउन २३, २०८१ बिहीबार १३:२९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।