काठमाडौंमा जारको पानी ४७ र बोत्तलको पानी १६ रुपैयाँभन्दा बढीमा नबेच्न विभागको निर्देशन

काठमाडौंमा जारको पानी ४७ र बोत्तलको पानी १६ रुपैयाँभन्दा बढीमा नबेच्न विभागको निर्देशन

काठमाडौं : काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारले सूचित गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना निकालेर पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक-फरक एमआरपी लगाई बिक्री-वितरण भएको जानकारी आएकाले एमआरपी समान कायम गर्न निर्देशन दिएको हो।

खासगरी होटल/रेस्टुरेन्ट र व्यवसायी फर्मसँग सम्झौता गरी पानी उत्पादक कम्पनीहरूले अधिक मूल्यको एमआरपी राख्ने गरेका छन्।

विभागका अनुसार काठमाडौं उपत्यकामा बिक्री हुने जार (२० लिटर) को मूल्य प्रतिगोटा अधिकतम ४७ रुपैयाँ तोकिएको छ। एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ तोकिएको छ।

साउन २३, २०८१ बिहीबार १३:०५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।