बंगलादेशको घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं : परराष्ट्र मन्त्रालय

बंगलादेशको घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं : परराष्ट्र मन्त्रालय

काठमाडौं : बंगलादेशको पछिल्लो राजीनतिक घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको बताएको छ।

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति निकालेर बंगलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति हामी गहिरो चिन्ता समेत व्यक्त गरेको छ।

यसका अलावा मन्त्रालयले ज्यान गुमाउनेहरूका परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

यसका साथै नेपाल सरकारले सबैलाई शान्त र संयमता अपनाउन समेत आह्वान गर्दै लोकतान्त्रिक प्रक्रियालाई व्यवस्थित गर्नमा समेत जोड दिएको छ।

साथै सरकारले बंगलादेशका जनता शान्ति र स्थिरता कायम राख्न सक्षम हुने विश्वास समेत व्यक्त गरेको छ।

साउन २३, २०८१ बिहीबार १२:५३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।