श्रम कानून उल्लंघनको मुद्दामा युनुसलाई सफाइ, एयरपोर्टबाट सिधै राष्ट्रपति निवास जाने

श्रम कानून उल्लंघनको मुद्दामा युनुसलाई सफाइ, एयरपोर्टबाट सिधै राष्ट्रपति निवास जाने

काठमाडौं : बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसलाई त्यहाँको न्यायाधिकरणले श्रम कानून उल्लंघनको आरोपमा सफाइ दिएको छ।

शेख हसिना सरकारमा रहँदा उनीमाथि श्रम कानून उल्लंघनको मुद्दामा छ महिनाको जेल सजाय सुनाइएको थियो।

त्यसविरुद्ध युनुस र उनका सहकर्मीले २८ जनवरीमा अपील गरेका थिए। उक्त मुद्दामा आज सुनुवाइ गर्दै त्यहाँको न्यायाधिकरणले युनुसलाई सफाइ दिएको हो।

उनीसँगै ग्रामीण टेलिकमका थप तीन उच्च अधिकारीले पनि सफाइ पाएका छन्।

न्यायाधिकरण व्यक्ति-व्यक्ति तथा राज्यबीचको विवादको निरुपण गर्ने अदालतीय व्यवस्था हो।

यसैबीच युनुस आज फ्रान्सको राजधानी पेरिसबाट बंगलादेश फर्किएपछि सिधै राष्ट्रपति निवास बंगभवन जानेछन्।

बंगभवनमा बेलुकी आठ बजे सपथ ग्रहण समारोह हुनेछ।

साउन २३, २०८१ बिहीबार १२:१७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।