श्रीलंकाले २७ वर्षपछि इतिहास दोहोर्याउँदै भारतलाई हरायो

श्रीलंकाले २७ वर्षपछि इतिहास दोहोर्याउँदै भारतलाई हरायो

एजेन्सी : श्रीलंकाले तेस्रो एकदिवसीय क्रिकेटमा भारतलाई ११० रनले पराजित गर्दै २७ वर्षअघिको इतिहास दोहोर्याएको छ।

टोलीले पछिल्लो पटक २७ वर्षपछि सन् १९९७ मा भारतविरुद्धको एकदिवसीय सिरिज जितेको थियो।

भारतको सिरिज हारको सबैभन्दा ठूलो कारण खराब ब्याटिङ थियो। श्रीलंकाको स्पिन बलिङले भारतलाई ब्याकफुटमा धकेलेको हो।

टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २४८ रन बनायो। उसका लागि अभिष्का फर्नान्डोले ९६, कुशल मेन्डिसले ५९, पथुम निसान्काले ४५ रन बनाएर आउट हुँदा कामिन्दु मेन्डिसले अविजित २३ रन बनाए।

भारतका रियान परागले तीन तथा कुलदीप यादव वासिङ्टन सुन्दर, अक्षर पटेल र मोहम्मद सिराजले एक-एक विकेट लिए।

एकदिवसीय सिरिजमा श्रीलंकाका डुनिथ भेलालागेले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे। तेस्रो एकदिवसीय खेलमा उनले ब्याटिङबाट दुई रन मात्र जोडे भने बलिङमा पाँच विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको भारत २६.१ ओभरमा अलआउट हुँदै १३८ रनमा समेटियो। उसका लागि रोहित शर्माले ३५, वासिङ्टन सुन्दरले ३०, विराट कोहलीले २० र रियान परागले १५ रन जोडे।

श्रीलंकाका लागि दुनिथ वेल्लालागेले पाँच तथा जेफ्ररी भेन्डेरसे र महीष थिसान्काले समान दुई-दुई विकेट लिँदा असिस्थ फर्नान्डोले एक विकेट लिए।

दुनिथ वेल्लालागे १०८ रन बनाउनका साथै सिरिजमा ७ विकेट पनि लिए। यो प्रदर्शनका लागि उनी प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज चुनिए।

प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा रहेको टोली भारतले पहिलो सिरिज गुमाएको छ। यसअघि टोलीले श्रीलंकालाई टी-२० सिरिजमा ३-० ले हराएको थियो।

साउन २४, २०८१ बिहीबार ०९:३०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।