कांग्रेस केन्द्रीय समिति आज पनि बस्ने

कांग्रेस केन्द्रीय समिति आज पनि बस्ने

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ।

बुधबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक दिउँसो १ बजे बस्न लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा सय दिने सङ्गठनात्मक अभियान भदौ १५ देखि मङ्सिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ सङ्गठनहरूको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्ताव लगायतका ११ वटा प्रस्तावमाथि छलफल हुनेछ।

साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

बुधबारको बैठकले केन्द्रीय कार्यसम्पादन समितिको २०८१ असार १९ र २९ गतेको बैठकका निर्णयहरूलाई अनुमोदन गर्ने निर्णय गरेको थियो।

यस्तै बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमको सम्बन्धमा बंगलादेशी नागरिकको भावना बमोजिम चाडै नै त्यहाँ शान्ति स्थापना हुने र लोकतान्त्रिक प्रकृया सुचारु ढङ्गले अघि बढ्ने विश्वास समेत लिएको थियो।

यसबाट बंगलादेशमा रहेका नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकलाई कुनै असर पर्न नदिन नेपाल सरकारले थप तदारुकता राख्ने विश्वास बैठकको विश्वास थियो।

यसका अलावा हिजोको बैठकले काठमाडौंबाट रसुवाको स्याफ्रुवेशीका लागि उडेको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको निधन भएको घटनाप्रति कार्यसमितिको बैठकले दुःख व्यक्त गरेको छ।

साथै, दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ।

साउन २३, २०८१ बिहीबार ०८:५६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।