बंगलादेशमा आज १५ सदस्यीय अन्तरिम सरकार गठन हुने, बेलुकी ८ बजे शपथ

बंगलादेशमा आज १५ सदस्यीय अन्तरिम सरकार गठन हुने, बेलुकी ८ बजे शपथ

एजेन्सी : शेख हसिनाले राजीनामा दिएपछि बंगलादेशमा आज १५ सदस्यीय अन्तरिम सरकार गठन हुँदैछ।

यो सरकारको नेतृत्व नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले गर्नेछन्। सरकारको सपथ ग्रहण बेलुकी साढे ८ बजे हुने सेना प्रमुख वकार-उज-रहमानले जानकारी दिए।

युनुस आज दिउँसो पेरिसबाट बंगलादेश पुग्नेछन्। समाचार संस्था ढाका ट्रिब्यूनका अनुसार सपथ समारोहमा करिब ४०० जना सहभागी हुनेछन्।

आरक्षण विरोधी आन्दोलनमा भएको प्रहरी दमन र हसिनाले देश छाडेपछि विद्यार्थीहरूले हसिनाका पार्टीका नेता तथा कार्यकर्तालाई गरेको आक्रमणका क्रममा पछिल्लो २३ दिनमा बंगलादेशमा ५६० जनाको मृत्यु भएको छ।

शेख हसिनाले अगस्ट ५ मा देश छोडेपछि हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। बुधबार मात्र कम्तिमा २१ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ।

साउन २३, २०८१ बिहीबार ०८:३०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।