तौलका कारण फाइनल पुगेर पनि बाहिरिएपछि भारतीय पहलवानद्वारा सन्यासको घोषणा
एजेन्सी : पेरिस ओलम्पिकको ५० केजी तौलको फाइनलमा तौल बढेका कारण अयोग्य भएपछि भारतीय पहलवान विनेश फोगाटले कुस्तीबाट सन्यासको घोषणा गरेकी छन्।
पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि विनेश फोगाटले सामाजिक सञ्जालमा ट्वीट गर्दै यस्तो घोषणा गरेकी हुन्।
विनेश फोगाटले लेखेकी छन्, ‘आमा, मलाई कुस्तीले जित्यो, म हारेँ। माफ गर तिम्रो सपना अनि मेरो हिम्मत सबै टुट्यो। योभन्दा बढी ताकत रहेन अब म मा।’
विनेशले अगाडि लेखकी छन्, ‘अलविदा कुश्ती २००१-२०२४, म तपाईंहरू सबैको सधै ऋणी रहनेछु। क्षमा।’
तोकिएको विधामा बढी तौलका कारण उनी प्रतियोगिताबाट बाहिरिएकी थिइन्। विनेश ५० केजी तौल समूहमा खेल्दै आएकी थिइन्।
बुधबार उनको तौल १०० ग्रामभन्दा बढी रहेको पाइएपछि आयोजकले उनलाई ओलम्पिक महिला कुस्तीमा अयोग्य ठहर गरेको थियो।
साउन २४, २०८१ बिहीबार ०८:१३:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।