मिस अप्रोचका कारण टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

मिस अप्रोचका कारण टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

काठमाडौं : इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ओभरसुट’ गरेको छ।

फ्लाइट राडर२४ का अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो।

‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ।

एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो।

रनवेको बीचमा ल्यान्ड गर्नुपर्नेमा सुरुवाती क्षणमा ट्याक्सीवे तर्फबाट एप्रोच भएपछि विमानलाई ओभरसुट गराइएको थियो।

जहाज ल्यान्ड गर्न निश्चित उचाइमा आएपछि रनवे देखिनुपर्छ। नदेखेको अवस्थामा जहाज ल्यान्ड नगरी एक राउन्ड लगाएर पुनः ल्यान्ड गर्ने प्रकियालाई ओ‌भरसुट भनिन्छ।

साउन २३, २०८१ बिहीबार ०८:०१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।