बाढी, पहिरो लगायतका विपद्मा परी अहिलेसम्म १६७ जनाको मृत्यु, १५० जना बेपत्ता

बाढी, पहिरो लगायतका विपद्मा परी अहिलेसम्म १६७ जनाको मृत्यु, १५० जना बेपत्ता

काठमाडौं : अविरल वर्षाको कारण गत जेठ २८ देखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी अहिलेसम्म १ सय ६७ जनाको मृत्यु भएको छ। 

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६७ जनाको मृत्यु भएको हो। 

काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेशमा १० जना, बागमतीमा १९ जना, गण्डकीमा ४४ जना, लुम्बिनीमा १३ जना, कर्णालीमा ५१ जना र सुदूरपश्चिममा १४ जना गरी जम्मा १ सय ९९ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

त्यस्तै, काठमाडौं उपत्यकामा २८ जना, कोशीमा ४९ जना, बागमतीमा १२ जना, गण्डकीमा १४ जना, कर्णालीमा २ जना र सुदूरपश्चिममा ५ जना गरी जम्मा १ सय १० जनाको उद्धार गरिएको छ। 

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमतीमा ४२ जना, गण्डकीमा ४ जना, कर्णालीमा १ जना र सुदूरपश्चिममा १ जना गरी ५० जना बेपत्ता छन्। बेपत्ताको खोजी कार्य जारी छ। 

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन्। २ सय ६८ वटा घर, १ सय वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। 

७ सय ६३ वटा पशुचौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ७२ घर परिवार विस्थापित भएका छन्।

साउन २२, २०८१ बुधबार २१:१०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।