वन कभर र लिबर्टी कलेजबीच साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्ने समझदारी

वन कभर र लिबर्टी कलेजबीच साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्ने समझदारी

काठमाडौं : वन कभर प्राइभेट लिमिटेड र लिबर्टी कलेजले साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। 

साइबर सुरक्षा कम्पनी वन कभर र ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा रहेको लिबर्टी कलेजबीच समझदारी भएको हो। 

वन कभरको तर्फबाट सीईओ चिरञ्जीवी अधिकारी र लिबर्टीकलेजको तर्फबाट यसको मातृ कम्पनीसमेत रहेको ग्लोबल कलेजका शैक्षिक निर्देशक डा. देवराज पनेरूले समझदारी पत्रमा हस्ताक्षर गरे।

कार्यक्रममा लिबर्टी कलेजका कार्यकारी निर्देशक नवराज भण्डारी, प्रिन्सिपल प्रदीप पराजुली, आईटीको शैक्षिक प्रमुख डा. समीर खरेललगायतका प्रतिनिधि उपस्थित थिए। 

यसरी सहकार्य गर्नुको उद्देश्य कलेजमा साइबर सुरक्षाको विषयमा विद्यार्थीलाई जागरुक बनाउनु रहेको कलेजले बताएको छ। यसले विद्यार्थी र समुदायका लागि सुरक्षित डिजिटल वातावरण प्रदान गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ। 

लिबर्टी कलेजले पोखरा विश्वविद्यालयसँग सम्बद्ध बीसीएसआईटीबाट आईटी कार्यक्रमकोसमेत सुरुवात गरेको छ। 

साउन २३, २०८१ बुधबार २०:३२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।