ललितपुरका सर्वेक्षकसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा

ललितपुरका सर्वेक्षकसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख घुससहित पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यादवसँगै मालपोत कार्यालयका खरिदार मोतीराम सुवेदी र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेलविरुद्ध अख्तियारले बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूमाथि जग्गा हालसाबिक गराउन ४ लाख रुपैयाँ घुस लिएको आरोप छ। अभियोग पत्रमा घुस बराबरको रकम बिगो कायम गरेर अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

नापी र मालपोतका कर्मचारी तथा लेखापढी कानुन व्यवसायीको मिलेमतोमा जग्गा हालसाबिक  गरेको र काम सम्पन्न भएपश्चात् ४ लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ।

साउन २२, २०८१ बुधबार १९:४३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।