मासु खाँदा हड्डी घाँटीमा अड्किएर ५९ वर्षीय पुरुषको ज्यान गयो

मासु खाँदा हड्डी घाँटीमा अड्किएर ५९ वर्षीय पुरुषको ज्यान गयो

काठमाडौं : चितवनमा मासु खाँदा हड्डी घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तनहुँका ५९ वर्षीय छाम बहादुर रानामगर छन्। 

बुधबार छोरीको घर गएका उनी राँगाको मासुसहित खाना खाने क्रममा हड्डी अड्केर बेहोस भएका थिए। लगतै उनलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पतालमा पुर्याइएको थियाे। 

उपचारको क्रममा बुधबारै उनकाे मृत्यु भएको हो।

उपचारका लागि भरतपुर अस्पताल ल्याउँदा चिकित्सकले उनलाई बिहान ९ः४८ बजे मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए। 

साउन २२, २०८१ बुधबार १९:०९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।