बाँदर नियन्त्रणका लागि दीर्घकालीन समाधान खोज्दैछ सरकार

बाँदर नियन्त्रणका लागि दीर्घकालीन समाधान खोज्दैछ सरकार

काठमाडौं : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बाँदरको समस्या निकै देखिएको भन्दै यसको समाधान खोजिने बताएका छन्। 

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले बाँदर नियन्त्रणका लागि दीर्घकालीन समाधान खोज्न सरकार तयार रहेको बताए। 

उनले भने, ‘बाँदर, बँदेल, दुम्सी, निलगाई लगायतका जंगली जनावरबाट कृषि बालीमा गरिरहेको क्षतिको उचित मूल्यांकन गरी आवश्यक क्षतिपूर्तिको पहल गरिनेछ। हात्तीले पनि धेरै क्षति पुर्याएको छ। सबैभन्दा बढि मानवको क्षति हात्तीबाट भएको  छ। बाघको पनि संख्या हेरेर व्यवस्थापन गरिनेछ। यसका लागि सरकारले दीर्घकालीन समाधान खोज्ने छ।’  

बैठकले दीर्घकालीन रूपमा बाँदर नियन्त्रणका लागि गर्नुपर्ने कामहरूको अध्ययन गरी समाधान खोज्न र त्यसमा जटिलता देखिए एक महिनाभित्र समितिमा जानकारी गराउन वन मन्त्रालयलाई निर्देशन दिएको छ। 

बैठकले जंगली जनावरलाई मानव बस्तीमा आउनका लागि रोक्न आवश्यक सुरक्षाको प्रबन्ध गरि क्षतिको न्यूनीकरण गर्न पनि निर्देशन दिएको छ।

साउन २२, २०८१ बुधबार १८:४१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।