नुवाकोट हेलिकप्टर दुर्घटना छानबिनका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन

नुवाकोट हेलिकप्टर दुर्घटना छानबिनका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौं : सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।

बुधबार दुर्घटनापछि मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

आयोगको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहेका छन्। 

यस आयोगको कार्यअवधि काम सुरू भएको मितिदेखि ३० दिनको हुने छ।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामाहुँदा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्लको मृत्यु भएको छ।  

साउन २२, २०८१ बुधबार १८:२५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।