कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ एजेण्डा छलफलका लागि पेस, भोलिदेखि छलफल हुने

कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ एजेण्डा छलफलका लागि पेस, भोलिदेखि छलफल हुने

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ वटा एजेण्डा छलफलका लागि पेस भएको छ।

बुधबार बसेको बैठकमा ११ वटा एजेण्डा पेस भएको र यसअघिको महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि भोलीबाट छलफल हुने प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए। 

उनले भने, ‘आज एजेण्डा छलफलका विषयवस्तुहरू प्रस्तुत भए। ११ वटा विषयवस्तुहरू प्रवेश भएको छ। केन्द्रीय समितिमा पदाधिकारीहरूले तयार गरेको परिमार्जित प्रस्ताव उपर छलफल हुन्छ, त्यो भोलीबाट हुन्छ।’ 

उनले राष्ट्रिय सहमतिको सरकारको सम्बन्धमा कार्यसम्पादनको समितिले गरेको निर्णयलाई बैठकले अनुमोदन गरेको पनि बताए। 

उनले भने, ‘राष्ट्रिय सहमतिको सरकारको सम्बन्धमा जुन कार्यसम्पादनको समितिले निर्णय गरेको थियो। ती निर्णयलाई यहाँ अनुमोदन गर्ने प्रस्ताव आएको छ। त्यो अनुमोदन आजकै बैठकले गरिसकेको छ।’ 

उनकाअनुसार भदौ १५ देखि मंसिर २५ सम्म संगठन सुदृढीकरण अभियान चलाउने प्रस्ताव पनि केन्द्रीय समितिमा पेस भएको छ। 

साउन २२, २०८१ बुधबार १८:०३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।