नेप्से परिसूचकको ढिकीच्याउँ शैली, मङ्गलवार १४५ अङ्कले घटेको बजार बुधवार १०८ अङ्कले बढ्यो

नेप्से परिसूचकको ढिकीच्याउँ शैली, मङ्गलवार १४५ अङ्कले घटेको बजार बुधवार १०८ अङ्कले बढ्यो

काठमाडौँ : मङ्गलवार १४५ अङ्कले घटेर बन्द भएको सेयर बजार बुधवार १०८ अङ्कले बढेको छ। बुधवारको नेप्से परिसूचक २ हजार ७ सय ५९ अङ्क पुग्यो।

मङ्गलवार नेप्से परिसूचकमा पहिरो समान गिरावट आउँदा पनि २३ अर्ब ७१ करोडको कारोबार भएको थियो। बुधवार एक सय ८
अङ्कले नेप्से परिसूचक बढ्दा कारोबार रकम भने जम्मा १७ अर्ब ९५ करोडको भयो।

बुधवारको कारोबारमा २ सय ३९ कम्पनीको मूल्य बढेको थियो भने ३ वटाको घट्यो। सबै क्षेत्रका सूचक बढेको बजारमा अन्य र फाइनान्स समूह ७ प्रतिशतभन्दा धेरै बढेको थियो।

बुधवार बैङ्किङ २.३, विकास बैङ्क ४.५, फाइनान्स ७.६, होटेल तथा पर्यटन ५.१, हाइड्रोपावर ५.७, जीवन बिमा ३.९, लगानी ३.८, उत्पादन ३.५, माइक्रोफाइनान्स २.१, निर्जीवन बिमा ३, अन्य ७.८ र व्यापार समूह ५.५ प्रतिशत बढेको थियो।

बुधवारको बजारमा बोटलर्स नेपाल बालाजु, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, मैलुङखोला जलविद्युत्, दोल्ती पावर, सिटी होटेल, हिमालयन रिइन्स्योरेन्स तथा सेन्ट्रल फाइनान्स, कुथेली बुकरी स्मल हाइड्रोपावर, साइन रेसुङ्गा विकास बैङ्क, मकर जितुमाया हाइड्रोपावर तथा एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य सकारात्मक सर्किट लेभलमा बढ्यो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, सानिमा माइ हाइड्रोपावर, शिवम् सिमेन्ट तथा चिलिमे हाइड्रोपावर अगाडि रहे।

साउन २३, २०८१ बुधबार १७:१७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।