सुर्यचौरको डाँडोमा देखिएको धुवाँ पछ्याउँदै जाँदा फेला पर्‍यो दुर्घटनाग्रस्त हेलिकप्टर, क्याप्टेनसहित पाँचै जनाको मृत्यु

सुर्यचौरको डाँडोमा देखिएको धुवाँ पछ्याउँदै जाँदा फेला पर्‍यो दुर्घटनाग्रस्त हेलिकप्टर, क्याप्टेनसहित पाँचै जनाको मृत्यु
तस्बिर : नेपाल प्रहरी।

काठमाडौँ : काठमाडौँबाट स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टी हेलिकप्टर उडेको तीन मिनेटमै टावरसँग सम्पर्क टुटेको थियो। सोही हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो।

चार चिनिया नागरिक लिएर उडेको हेलिकप्टर सम्पर्हिन भए लगत्तै खोजी सुरु भएको थियो। केही समयमा स्थानीयवासीले डाँडामा धुवाँ देखिएको जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। हेलिकप्टर आगो लागेको अवस्थामा थियो। प्रहरीले १ जना महिला र ४ जना पुरुषको शव निकालेका थिए।

हेलिकप्टरमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी थिए। हेलिकप्टर क्याप्टेन के मल्लले उडाएका थिए।

यो साउनमा भएको दोस्रो हवाई दुर्घटना हो। साउन ९ मा शौर्य एयरलाइन्सको विमान दुर्घटनाहुँदा चालक दलका सदस्यसहित १८ जनाको ज्यान गएको थियो भने क्याप्टेनमात्र बाँचेका थिए।

साउन २२, २०८१ बुधबार १६:४०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।