नुवाकोट हेलिकप्टर दुर्घटनापछि प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

नुवाकोट हेलिकप्टर दुर्घटनापछि प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं : नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भेटघाटलाई संक्षिप्त बनाएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्काे हवाइ दुर्घटना हुनु दुःखद् भएको बताएका छन्।  

बुधबार काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना ५ जनाको मृत्यु भएको छ। 

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर १ स्थित गुर्जेमा भएको दुर्घटनामा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्लको मृत्यु भएको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताए। 

दुर्घटनास्थलमा अहिले उद्धार टोली पुगिसकेको छ।   

साउन २२, २०८१ बुधबार १६:०२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।