नुवाकोट हेलिकप्टर दुर्घटनामा ४ जना चिनियाँ नागरिकको मृत्यु, नेपाली पाइलट मल्ल पनि रहेनन्!

नुवाकोट हेलिकप्टर दुर्घटनामा ४ जना चिनियाँ नागरिकको मृत्यु, नेपाली पाइलट मल्ल पनि रहेनन्!

काठमाडौं : चारजना चिनियाँ नागरिक बोकेर काठमाडौंबाट रसुवा जाँदै गरेको हेलिकोप्टर काठमाडौं र नुवाकोटको सीमा क्षेत्रमा खस्दा ५ जनाको ज्यान गएको छ। 

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको र पाइलट नेपाली रहेको खुलेको छ।

बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल छन्।

रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो। 

लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको थियो।

दुर्घटनास्थलमा अहिले उद्धार टोली पुगिसकेको छ।  

साउन २२, २०८१ बुधबार १५:५१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।