नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं : नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ।

शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको हो।

रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो।

थप विवरण आउन बाँकी छ। 

साउन २२, २०८१ बुधबार १५:३२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।