भ्रष्टहरू मिलेर माओवादीलाई सरकार बाहिर लैजाने प्रपञ्च रचे अनि आफ्नो सरकार बनाए : प्रचण्ड

भ्रष्टहरू मिलेर माओवादीलाई सरकार बाहिर लैजाने प्रपञ्च रचे अनि आफ्नो सरकार बनाए : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारमा इतिहासमै नभएका फाइलहरू खुल्दा माओवादीलाई बाहिर लखेट्ने काम भएको बताएका छन्। 

बुधबार माओवादी केन्द्र हुम्लाको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारमा संलग्न रहेका दलहरू मिलेर माओवादीलाई बाहिर लखेट्ने प्रपञ्च रचिएको बताए।

उनले भने , ‘यो सरकारले भ्रष्टाचारकाविरुद्ध नेपालको इतिहासमै नभएका फाइलहरू खोलेर कारवाही अगाडि बढायो, त्यसकारण भ्रष्टाचारीहरू माओवादीसँग डराएँ र ति भ्रष्टहरू मिलेर माओवादीलाई सरकार बाहिर लैजाने प्रपञ्च रचे। मध्यरातमा लुकेर, छिपेर ,ढाँटेर सरकार गठन गरे।’

उनले नेपाली जनताको लागि प्रतिनिधिसभाको बैठकमा बोलेको सबै कुरा सत्य भएको बताए।

उनले भने, ‘अहिले हामी पार्टीको नेतृत्वको सरकारबाट विश्वासको मत लिने क्रममा मैले प्रतिनिधिसभामा जे सम्बोधन गरेको थिएँ त्यो  प्रतिनिधिसभालाई मात्र होइन, हाम्रो पार्टीका तमाम नेता कार्यकर्ता र नेपाली जनतालाई यो देशका सबै उत्पीडित वर्गलाई, जाति, क्षेत्र, लिंग र  समुदायलाई एउटा नयाँ क्रान्तिको लागि गरिएको अपिल हो।’

साउन २२, २०८१ बुधबार १५:२०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।