इजरायलको हाइफा शहरमा भूमिगत अस्पताल: इजरायलको तनावग्रस्त सीमामा युद्धको तयारी

इजरायलको हाइफा शहरमा भूमिगत अस्पताल: इजरायलको तनावग्रस्त सीमामा युद्धको तयारी

एजेन्सी : उत्तरी इजरायली शहर हाइफामा विशाल भूमिगत अस्पताल छ। कङ्क्रिटका भित्ताहरूभित्र सयौँ ओछ्यानहरू पङ्क्तिबद्ध छन्।

त्यहाँ शल्यक्रिया कक्षहरू, प्रसूति वार्ड, र कुनाहरूमा थुपारिएका चिकित्सा सामानहरू छन्। तर त्यहाँ अहिलेसम्म बिरामीहरू छैनन्।

राम्बम मेडिकल सेन्टरले २००६ को इजरायल-हिजबुल्लाह युद्धपछि यो बंकर खनेको थियो। यो सामान्यतया बहुतले कार पार्किङ स्थल हो तर तीन दिनभन्दा कममा अस्पतालमा परिवर्तन गर्न सकिन्छ।

यो ७ अक्टोबरको हमासको आक्रमण र गाजामा इजरायलको सैन्य अभियानको केही समयपछिदेखि स्ट्यान्डबाईमा राखिएको छ।

यहाँ २ हजारभन्दा बढी शय्याहरू छन्। इजरायलमाथि ठुलो आक्रमण भएको खण्डमा,मेडिकल सेन्टर र अन्य नजिकका अस्पतालहरूबाट बिरामी लिनेछ बंकरमा रहेको अस्पतालमा उपचार गर्नेछ।

गत हप्ता हमासका राजनीतिक नेता इस्माइल हनियेह र हिजबुल्लाहका वरिष्ठ कमान्डर फुआद शुक्रको हत्यापछि लेबनान र इरानसँग युद्धको खतरा बढेपछि डाक्टरहरूले हाइफामा भूमिगत अस्पताल तयारी अवस्थामा राखिएको हो।

'कहिले के हुने हो? कसैलाई थाहा छैन'केन्द्रका चिकित्सा निर्देशक डा. अवि वेइस्म्यानले भन्छन्'मानिसहरू चिन्तित छन्। लामो समय हिंसा नजाओस् भन्ने चाहन्छौँ।'

हाइफा शहर लेबनान नजिक भएकाले यहाँ प्राय: जोखिम व्यवस्थापन तयारी अवस्थामा राखिन्छ। यहाँका स्थानीय  आपत्कालीन अभ्यास गरिरहन्छन्। विद्यालयका बालबालिकाहरूले नियमित रूपमा आक्रमण भएको खण्डमा के गर्ने भनेर अभ्यास गर्छन्।

हाइफाका डाक्टरहरूले आफ्नो अस्पताल तयार गर्दा युद्ध रोक्न अन्तर्राष्ट्रिय कूटनीति जारी छ। अझै पनि आशा छ, सायद, उनीहरूले यसलाई कहिल्यै प्रयोग गर्नु पर्दैन।

साउन २२, २०८१ बुधबार १४:१८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।