श्रीलंकाविरुद्धको तेस्रो एकदिवसीय खेल खेल्दै भारत, ट्रफी जोगाउनका लागि जित्नैपर्ने दबाब
काठमाडौं : श्रीलंका भ्रमणमा रहेको भारतले आज तीन खेलको एकदिवसीय सिरिजको तेस्रो खेल खेल्दैछ।
खेल नेपाली समय अनुसार बिहीबार दिउँसो पौने तीन बजे कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट स्टेडियममा हुनेछ।
तीन खेलको सिरिजमा श्रीलंका १-० ले अगाडि छ। पहिलो खेल टाइ हुँदा दोस्रो खेलमा श्रीलंकाले भारतलाई ३२ रनले पराजित गरेको थियो। उक्त खेलमा श्रीलंकाका जेफ्रेरी भान्डरसे एक्लैले छ विकेट लिएका थिए।
सिरिज श्रीलंकालाई नसुम्पनका लागि पनि भारतले आजको खेल जसरी पनि जित्नैपर्ने हृुन्छ। त्यसो हुन नसकेको खण्डमा गौतम गम्भीरको पहिलो प्रशिक्षणमा नै भारतले सिरिज गुमाउने छ।
श्रीलंका भ्रमणमा रहेको भारतले तीन खेलको टी२० सिरिज भने क्लिनस्वीप गरेको थियो। तर, एकदिवसीय खेलमा भने भारत लयमा आउन सकेको छैन।
भारत र श्रीलंकाबीच अहिलेसम्म भएका १७० खेलमध्ये भारत ९९ खेलमा विजयी हुँदा ५८ खेलमा पराजित भएको छ। यी दुई देशबीच भएको दुई खेल टाइ हुँदा ११ खेल विविध कारणले रद्द भएका छन्।
साउन २२, २०८१ बुधबार १३:१२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।