हुम्लामा मुख धुने क्रममा खोलाले बगाएका वृद्धको उद्धार

हुम्लामा मुख धुने क्रममा खोलाले बगाएका वृद्धको उद्धार

काठमाडौं : मुख धुने क्रममा हुम्लाको चंगेली गाउँपालिका-४ स्थित लोति खोलाले बगाएका एक वृद्धको उद्धार गरिएको छ।

चंगेली गाउँपालिका-२ दार्मा बस्ने ६६ वर्षीय धर्मबहादुर शाहीलाई बिहीबार विहान मुख धुने क्रममा खोलाले बगाएको थियो।

खोलाले बगाउने बित्तिकै देखिएकाले केही मिटर तल पुग्ने बित्तिकै वृद्धको उद्धार गर्न सकिएको प्रहरीले जनाएको छ। घाइते उनको सामान्य उपचारपछि परिवारको जिम्मा लगाइएको छ।

अहिले उनको अवस्था सामान्य रहेको छ।

साउन २२, २०८१ बुधबार १२:२६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।