२२ लाख ५० हजार कित्ता आईपीओ निकाल्न सम्झौता
काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरूलाई लघु बीमा सेवा पु¥याउने लक्ष्य लिई यस नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले लघु निर्जीवन बीमा सम्बन्धी कारोबार गर्दै आइरहेको छ।
उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरेका छन्।
साउन २२, २०८१ बुधबार ११:३६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।