जोगबनी-रानी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशी नागरिकलाई प्रहरीले फिर्ता पठाइदियो

जोगबनी-रानी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशी नागरिकलाई प्रहरीले फिर्ता पठाइदियो
तस्बिर : जोगबनी-रानी नाका

काठमाडौं : भारतबाट नेपाल प्रवेश गर्न खोज्दा एकजना बंगलादेशी नागरिकलाई प्रहरीले भारततिरै फर्काइदिएको छ।

मंगलबार दिउँसो भारतीय नागरिकको समूहमा मिसिएर नेपाल प्रवेश गर्ने क्रममा ४६ वर्षीय उत्तम सरकारलाई विराटनगर रानी क्षेत्रबाट फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार दिउँसो सरसमान चेकजाँचका क्रममा सरकारको साथबाट बंगलादेशी नागरिक भएको खुल्ने परिचय पत्र भेटिएको थियो।

भारतको जोगबनी–रानी नाका हुँदै पहिलोपटक बंगलादेशका नागरिक नेपाल प्रवेश गर्ने क्रममा भेटिएको हो। 

विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिना बंगलादेशबाट भागेर भारत पसेपछिको पछिल्लो परिप्रेक्ष्यमा नेपालले सीमा नाकाबाट अवैध रुपमा गैरनागरिकको प्रवेश हुनसक्ने भन्दै सुरक्षामा कडाइ गरेको छ।  

साउन २२, २०८१ मंगलबार २१:५९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।