सानिमा बैंकका ग्राहकले दूषित थानी हिमालयन रिसोर्टमा छुट पाउने
काठमाडौं : सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्ने उद्देश्यले धुलिखेलस्थित दूषित थानी हिमालयन रिसोटमा छुटको व्यवस्था गरेको छ।
सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवाहरूमा १५ प्रतिशतको छुट दिनेसम्बन्धी सम्झौता भएको जनाएको छ।
सानिमाले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।
छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको छ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम सञ्चालनमा छ।
साउन २१, २०८१ मंगलबार २०:५१:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।