१३.४० प्रतिशतले बढ्यो वाणिज्य बैंकहरूको नाफा, सबैभन्दा बढी नबिलको!
काठमाडौं : अघिल्लो आर्थिक वर्षको नाफाको तुलनामा यसबर्ष बृद्धि गर्दै वाणिज्य बैंकहरुले १३ दशमलव ४० प्रतिशत बढी नाफा कमाएका छन्।
वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०/८१ मा ६४ अर्ब १५ करोड १० लाख रुपैयाँ खुद मनुाफा कमाउँदा ०७९/८० मा ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए।
बैंकहरुले प्रकाशित गरेको असार मसान्तसम्मको अपरिस्कृत वित्तीय अवस्था अनुसार २० वाणिज्य बैंकमध्ये ५ वटा बैंकको वितरणयोग्य नाफा बढेको छ भने ९ वटाको घटेको छ। असार मसान्तसम्मको वित्तीय अवस्था अनुसार चार वटा बैंक लाभांश दिन नसक्ने अवस्थामा छन्। यी बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ।
कर्जा असुलीमा भने केही समस्या देखिएको छ। २० वटामध्ये १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ। ०८०/०८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश बैंकहरुको निष्क्रिय कर्जा बढेको छ।
प्रभु बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, कुमारी बैंक र नेपाल एसबीआई बैंकको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।
एनएमबी बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, नेपाल बैंक बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र राष्ट्रिय वाणिज्य बैंंकको नाफा घटेको छ।
सबैभन्दा बढी वितरणयोग्य नाफा हुने बैंक नबिल हो। उक्त बैंककाृ वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २१.०३ प्रतिशतले बढी हो।
धेरै वितरणयोग्य नाफा हुने दोस्रो बैंक एभरेष्ट हो। यस बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ रहेको छ।
वित्तीय विवरणअनुसार कुमारी, हिमालयन, प्रभु, प्राइम, राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई र एभरेष्ट बैंकले मात्र निष्क्रिय कर्जा घटाएका छन्। ३ देखि ४ प्रतिशतको बीचमा निष्क्रिय कर्जा रहेका बैंकको संख्या ७ छ भने २ देखि ३ प्रतिशतको बीचमा रहेका बैंकको संख्या ३ छ।
साउन २१, २०८१ मंगलबार २०:२३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।