अब नबिल बैंकको मोबाइल एपबाट नमस्ते पे वालेटमा पैसा लोड गर्न सकिने!
काठमाडौं : नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्ने गरी नमस्ते पे वालेटसँग साझेदारी गरेको छ।
मंगलबार आयोजित एक कार्यक्रमकाबीच बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सीईओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरे।
यो सहकार्यसँगै अब नबिल बैंकका ग्राहकहरूले एन बैंक (मोबाइल बैंकिङ) एप्लिकेसनमार्फत आफ्नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्नेछन्।
नबिल बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले यो साझेदारीले बैंकका ग्राहक र नमस्ते पे प्रयोगकर्ताहरूले लाभ लिन सक्ने बताए।
नमस्ते पे वालेटका डेपुटी सीइओ बिजुक्छेले भने, 'नमस्ते पेले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रूपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ।'
यो सेवा सुरू भएपछि नबिल बैंकका ग्राहकहरूले थप सहज र सुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।
साउन २१, २०८१ मंगलबार १८:५२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।