थप हिंसा रोक्न बंगलादेशका राष्ट्रपतिले गरे संसद् विघटन

थप हिंसा रोक्न बंगलादेशका राष्ट्रपतिले गरे संसद् विघटन

काठमाडौं : बंगलादेशका राष्ट्रपति महोमम्द शाहबुद्दिनले संसद् विघटन गरेका छन्।

मंगलबार संसद् विघटन गर्दै राष्ट्रपति शाहबुद्दिनले भनेका छन्, ‘बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२ औं संसद् विघटन गरिएको छ।’

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको पनि उल्लेख गरिएको छ।

त्यहाँको संसद् गत जनवरी ७ मा निर्वाचनबाट बनेको थियो। 

बंगलादेशमा आन्दोलनरत विद्यार्थीहरूले संसद् विघटन गर्न मंगलबार दिउँसो ३ बजेसम्मको समय दिएका थिए। उनीहरूले माग पूरा नभए कडा कदम चाल्ने चेतावनी दिएका थिए। 

विद्यार्थीहरूले सेनाले बनाएको सरकार नमान्ने पनि बताएका छन्। 

साउन २१, २०८१ मंगलबार १६:५२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।