विद्यार्थीले फिर्ता गरे संसद् भवनबाट लुटिएको ४० बन्दुक

विद्यार्थीले फिर्ता गरे संसद् भवनबाट लुटिएको ४० बन्दुक

एजेन्सी : संसद् भवनबाट लुटिएको ४० वटा बन्दुक विद्यार्थीले फिर्ता गरेका छन्।

विद्यार्थीहरूले संसदको सुरक्षा टिमलाई हतियार हस्तान्तरण गरेको ढाका ट्रिब्यूनले समाचार लेखेको छ। हतियार फिर्ता गरेसँगै संसद् सचिवालयले परिपक्वता देखाएकोमा विद्यार्थीलाई धन्यवाद दिएको छ।

शेख हसिनाले सोमबार दिउँसो राजिनामा दिएर देश छाडेपछि हजारौंको संख्यामा रहेको विद्यार्थीको भिड संसद भवन प्रवेश गरेका थिए। त्यस क्रममा एक समूहले ४० थान भरुवा बन्दुक लुटेको थियो।

सूचना पाएपछि विद्यार्थी आन्दोलनका संयोजकहरूले हस्तक्षेप गर्दै ४० वटा हतियार जम्मा गरी हतियार कार्यालयका सार्जेन्टलाई बुझाएका थिए।

नजिकैको मोहम्मदपुर प्रहरी चौकीबाट केही थप बन्दुकहरू पनि लुटिएको समाचारमा उल्लेख छ।

साउन २१, २०८१ मंगलबार १४:३३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।