शेख हसिनाको पार्टीका नेताको होटलमा आगलागी हुँदा २४ जनाको मृत्यु

शेख हसिनाको पार्टीका नेताको होटलमा आगलागी हुँदा २४ जनाको मृत्यु

एजेन्सी : बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका नेताको होटलमा भिडले आगजनी गर्दा २४ जनाको मृत्यु भएको छ।

अवामी लिगका महासचिव शाहिन चक्लादारको स्वामित्वमा रहेको जशोर जिल्लास्थित जबीर इन्टरनेशनल होटलमा भिडले आगजनी गर्दा २४ जनाको मृत्यु भएको बंगलादेशको समाचार संस्था द डेली स्टारले जनाएको छ।

खुलनास्थित फायर सर्भिस र सिभिल डिफेन्स कन्ट्रोल रुमका अधिकारी अब्दुल कादिरले मृत्युको पुष्टि गरेका छन्। हिजो अपरान्ह चार बजे लागेको आज विहान पौने छ बजे मात्र नियन्त्रणमा आएको ती अधिकारीले बताए।

होटलका विभिन्न तलामा मानिसहरू शव जलेको अवस्थामा फेला परेको खुलना दमकलका उपनिर्देशक मामुन महमुदले बताए। धेरैको निसास्सिएर मृत्यु भएको उनको भनाइ छ।

भिडको अवरोधका कारण लामो समयसम्म आगो निभाउने काम सुरु गर्न नसकेको ती अधिकारीले बताए।

साउन २१, २०८१ मंगलबार १३:१९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।