नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न तयार

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न तयार

एजेन्सी : नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न तयार भएका छन्।

हसिना सरकारविरुद्ध प्रदर्शन गरिरहेका विद्यार्थीहरूले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई सरकारको नेतृत्व गर्न आग्रह गरेकोमा उनले त्यसलाई स्वीकार गरेका हुन्।

युनुसले भने, ‘मैले यो पदका लागि इन्कार गरेको थिएँ तर विद्यार्थीको पटक-पटक आग्रहपछि सहमत भएको छु।’

‘धेरै दिनदेखि आन्दोलनरत विद्यार्थीले त्यसको चर्को मूल्य चुकाउनुपरेको छ। यदि विद्यार्थी र देशका जनताले यति धेरै त्याग गरेका छन् भने मेरो पनि केही जिम्मेवारी हुन्छ। यही सोचेर मैले विद्यार्थीलाई मद्दत गर्ने निर्णय गरेँ।’

युनुस ओलम्पिक कमिटीको निमन्त्रणामा विशेष अतिथिका रूपमा पेरिस पुगेका हुन्। उनीहरु छिट्टै बंगलादेश फर्कन सक्ने बताइएको छ।

साउन २१, २०८१ मंगलबार १३:०६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।