शेख हसिनालाई राजनीतिक शरण दिने प्रश्नमा बोल्यो बाइडेन प्रशासन

शेख हसिनालाई राजनीतिक शरण दिने प्रश्नमा बोल्यो बाइडेन प्रशासन

एजेन्सी : अमेरिकाको बाइडेन प्रशासनले बंगलादेशमा कुनै पनि अन्तरिम सरकार लोकतान्त्रिक सिद्धान्त, कानुनको शासन र बंगलादेशी जनताको चाहना अनुसार गठन हुनुपर्ने बताएको छ।

अमेरिकी विदेश मन्त्रालयले शेख हसिनाले आफ्नो देशमा शरण मागेको हो वा होइन भन्नेबारेमा थाहा भइनसकेको प्रशासनको भनाइ छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पत्रकारहरूलाई भने, ‘हामी बंगलादेशका जनताले त्यहाँको सरकारको भविष्यको निर्णय गरुन् भन्ने चाहन्छौँ।’

उनले भने, ‘जवाफदेहीता कस्तो हुनुपर्छ। यो बंगलादेशको कानुनमा देखिनुपर्छ। हिंसा गर्ने र कानून तोड्नेलाई जिम्मेवार ठहर्याउनुपर्छ।’

म्याथ्यु मिलरले शेख हसिनाले अमेरिकामा राजनीतिक शरण मागेकी थिइन् वा थिइनन् भन्नेबारे आफूलाई थाहा नभएको बताए।

साउन २१, २०८१ मंगलबार ११:४६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।