त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण पुन: सुरू

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण पुन: सुरू

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण पुन: सुरू भएको छ।

अत्यधिक वर्षापछि विहान अवरुद्ध भएको उडान र अवतरण सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

‘विहान अति भारी वर्षा भएपछि उडान र अवतरणमा समस्या भएको थियो,’ उनले भने, ‘तर, अहिले मौसममा केही सुधार भएसँगै उडान र अवतरण सुचारु भएको छ।’

विमानस्थलमा केहीबेर अघि मात्र दोहाबाट आएको नेपाल एयरलाइन्सको विमान अवतरण भएको छ भने बुद्ध एयरले विराटनगर र सिमराका लागि उडान भरिसकेको छ।

हिमालय एयरलाइन्सले पनि क्वालालम्पुरका लागि उडान भरेको छ भने भुटानको पारोका लागि ड्रुक एयरको विमान उड्न लागेको छ।

यसैगरी घण्टौदेखि आकाशमा होल्ड भएको भिस्तारा एयरलाइन्स, इन्डिगो एयरलाइन्स, नेपाल एयरलाइन्स र कतार एयरलाइन्सका जहाजहरू पनि अवतरणको क्रममा रहेका छन्।

साउन २१, २०८१ मंगलबार ११:२६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।