डेढ लाख पुगेको सुनको मूल्य घट्यो
काठमाडौं : सोमबार डेढ लाख पुगेको सुनको मूल्य घटेको छ।
सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मूल्य मंगलबार प्रतितोला दुई हजार तीन सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदी १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य सोमबार चाँदी १ हजार ७८५ रुपैयाँमा कारोबार भएको थियो।
साउन २१, २०८१ मंगलबार १०:५६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।