ललितपुरको खोड्कु खोलाले खतराको तह पार गर्यो, बागमती र मनोहरामा पानीको बहाव बढ्दै

ललितपुरको खोड्कु खोलाले खतराको तह पार गर्यो, बागमती र मनोहरामा पानीको बहाव बढ्दै

काठमाडौं : ललितपुरको झरुवारासीको खोड्कु खोलाले खतराको तह पार गरेको छ।

झरुवारासीमा खोड्कु खोलाले खतराको तह पार गरेको छ भने अझै बढ्ने क्रम जारी रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले दिउँसो दुई बजेसम्म सतर्कता अपनाउन भनेको छ।

महाशाखाका अनुसार काठमाडौंको बालकुमारीमा मनोहरा नदी र गौरीघाटमा बागमती नदीको बहाव तीव्र रुपमा बढेको छ।

यस्तै जगातीमा हनुमन्ते खोला र खोकनामा बागमती नदीको जल सतह पनि बढेकाले महाशाखाले सतर्क रहन चेतावनी दिएको छ।

पछिल्लो छ घण्टामा ललितपुरको गोदावरी स्टेशनमा सबैभन्दा वर्षा भएको छ। गोदावरी स्टेनशनमा सो अवधिमा ९२.६ मिलिमिटर वर्षा मापन भएको छ।

साउन २१, २०८१ मंगलबार १०:५२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।