वर्षाको प्रभाव : बल्खुको फलफूल बजार डुब्यो, माछापोखरीमा मेलम्ची खानेपानीको पाइप फुट्यो

वर्षाको प्रभाव : बल्खुको फलफूल बजार डुब्यो, माछापोखरीमा मेलम्ची खानेपानीको पाइप फुट्यो

काठमाडौं : हिजो रातिदेखि परेको अविरल वर्षाले काठमाडौंमा विभिन्न स्थानमा डुवानमा परेका छन्।

काठमाडौं महानगरपालिका-१४, बल्खुको टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म बागमती नदीको पानीको सतह बढेर कुलेश्वर फलफूल बजार क्षेत्र र सुकुम्बासी बस्ती क्षेत्रमा पानी पसेको छ।

बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न सुरु गरेको र दक्षिणी भागमा पानी पसिसकेको नेपाल प्रहरीले जनाएको छ।

यस्तै, विहान साढे ८ बजे काठमाडौं महानगरपालिका-१६ माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन फुटेर घर पसल डुवान परेको छ।

त्यसैगरी उपत्यकाका विभिन्न स्थानका नदी तटीय क्षेत्रमा समेत पानीको बहाव बढेको छ। भक्तपुरको जगातीमा हनुमन्ते खोला, ललितपुरमा झरुवारासीको खोड्कु खोला र खोकनामा बागमती नदीले खतराको तह पार गरेको छ।

कीर्तिपुर नगरपालिका-६ चोभारमा पहिरो जाँदा हेटौंडा-बल्खु सडक खण्ड अवरुद्ध भएको छ।

साउन २१, २०८१ मंगलबार १०:३८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।