बेलायतमा भएको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म चार सयभन्दा बढी पक्राउ

बेलायतमा भएको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म चार सयभन्दा बढी पक्राउ

एजेन्सी : बेलायतमा गत साता सुरू भएको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म झण्डै चार सय जनाभन्दा बढी पक्राउ परेका छन्।

राष्ट्रिय प्रहरी प्रमुख काउन्सिलले यस्ता गिरफ्तारी दिनानुदिन बढ्न सक्ने बताएको छ। यसअघि प्रधानमन्त्री केयर स्टारमरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको बताएका थिए।

प्लाइमाउथमा प्रहरीले हिंसात्मक प्रदर्शनका क्रममा धेरै प्रहरी अधिकारीहरू घाइते भएको बताएको छ।

बेलायतको साउथपोर्टमा चर्चित गायिका टेलर स्विफ्टको थिममा गरिएको डान्स पार्टीमा छुरा प्रहारबाट तीन बालिकाको मृत्यु भएपछि भएको हिंसात्मक प्रदर्शनमा कैयौं प्रहरी घाइते भएका छन्।

यस प्रदर्शनका क्रममा धेरै ठाउँमा अति दक्षिणपन्थी, आप्रवासी विरोधी र आप्रवासी समर्थक समूह आमनेसामने भएका थिए।

साउन २१, २०८१ मंगलबार ०८:०२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।