प्रधानमन्त्रीहीन बङ्गलादेशमा लुटपाट र आगजनी, राष्ट्रपिताको सालिक पनि छाडेनन्

प्रधानमन्त्रीहीन बङ्गलादेशमा लुटपाट र आगजनी, राष्ट्रपिताको सालिक पनि छाडेनन्

काठमाडौँ : आरक्षणको विरोधमा सुरु भएको विद्यार्थी आन्दोलनको माग सम्बोधनको सट्टा उनीहरूलाई आतंकवादीसँग जोड्दा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना देशै छाडेर भाग्न बाध्य भइन्।

सोमबार प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासतिर आएको सूचनाका आधारमा उनी हत्तपत्त राजीनामा दिएर हेलिकप्टरमा भारत पुगिन्।

प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरे। कोही पलङमा सुतिरहेका थिए त कोही सोफामा बसेर जीतको साइन देखाइरहेका थिए।

तत्काल सेना प्रमुखले सम्बोधन गरेर भड्किएको स्थितिलाई साम्य बनाउने प्रयास गरे पनि सफल भएन। प्रदर्शनकारीहरू उग्र बन्दै सेख हसिनासँग जोडिएका इतिहास समेत मेटाउन सक्रिय भए।

उनीहरूले बागबन्धु मेमोरियल म्युजियममा आगो लगाइदिए। प्रधानमन्त्रीको सरकारी निवासमा तोडफोड गरे अनि बङ्गलादेशको राष्ट्रपिता मानिने शेख मुजिबुर रेहमानको सालिक समेत तोडफोड गरे।

आइतबारको प्रदर्शनमा एकै दिन ९० जना प्रदर्शनकारीको मृत्यु भएपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई अन्य सर्वसाधारणले पनि साथ दिएका थिए। सोमबार पनि कम्तीमा २० जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ।

साउन २०, २०८१ सोमबार २१:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।